नेजाले १७औं साधारण सभा बोस्टनमा गर्ने !

अमेरिका ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो १७औं साधारण सभा म्यासाच्युसेट्स राज्यको बोस्टन सहरमा गर्ने भएको छ । नेजाले फेब्रुअरी २४, २०२४ मा टेक्सास राज्यको अस्टिन सहरमा भौतिक रुपमा बसेको बैठकबाट यही मे २५-२६, २०२४ मा आफ्नो १७औं साधारण सभा गर्ने निर्णय गरिएको जनाएको छ । बोस्टनमा हुने सो साधारण सभा नेजाका क्षेत्रीय संयोजक (उत्तर-पूर्व) सुपेन्द्र बस्नेतको संयोजकत्वमा गरिने निर्णय गरिएको नेजाका महासचिव बाबुराम दाहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
यसैगरी, नेजाले प्रवासमा रहेका नेपाली समुदायका आवश्यकतालगायत समसामयिक विषयवस्तुलाई समेटेर डिजिटल माध्यममार्फत आफ्नो समाचार पत्रिका (News Bulletin) प्रकाशन गर्नेसमेत जनाएको छ । यस्तै, नेपाली समुदायमा मात्र सीमित रहेको नेजालाई उत्तर अमेरिकामा रहेका मूलधारका पत्रकारका संस्थाहरूसँग पनि सहकार्य गरी आफ्नो दायरा फराकिलो बनाउन पहल गर्ने बताइएको छ ।
यस्तै, नेपाल तथा उत्तर अमेरिकामा पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारहरूलाई निर्धारित विषयमा नेजाले अध्येतावृत्ति (Fellowship) प्रदान गर्ने भएको छ । यसले स्वदेश एवं विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारलाई हौसला मिल्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत परिचित हुन टेवा पुग्ने जनाइएको छ । यसैगरी, नेजाले अमेरिकामा रहेका पत्रकारलाई प्रदान गर्दै आएको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’लाई पनि निरन्तरता दिने भएको छ ।
यसैगरी, नेपाली समुदायमा रहेका विभिन्न संघ-संस्थाबाट नेजालाई प्रचार-प्रसार तथा समाचार संप्रेषणका लागि अनुरोध आउने बताउँदै समुदायका कार्यक्रम तथा गतिविधिका बारेमा प्राप्त सूचनालाई समाचारको रुपमा तयार पारी आमसञ्चारमाध्यमलाई उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाइएको छ । यस्तै, समुदायमा हुने गतिविधि एवं कार्यक्रमका बारेमा आवश्यक सूचना नेजाको आधिकारिक इमेल news@neajausa.org मार्फत उपलब्ध गराउन सकिने समेत उल्लेख गरिएको छ ।

 

MNA- Mini Nepal In America TV, New York

Mini Nepal In America-अमेरिकामा सानो नेपाल

MNA TV, New York 

WWW.mnatv.net



गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे घानामा मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित। 

 

 अक्टोवर २८ २०२३,

अक्रा, घाना: मानवीय पुरस्कार ग्लोबल-घानाले परिवर्तन निर्माताहरू, स्वयंसेवक नेताहरू, गैरसरकारी संस्थाहरू, परोपकारीहरू, समजमा सहयोग गर्ने कम्पनीहरू वा निगमहरू र मानव सेवी पेशेवरहरूलाई पहिचान गर्न, सम्मान गर्न र मनाउन स्थापना गरिएको हो जसको कार्यहरूले समाजमा सकारात्मक प्रभाव पारेको छ। हामी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मानवीय पाठ्यक्रमलाई प्रभाव पार्न र च्याम्पियन बनाउन सक्रिय समर्पित दूतावासहरू र असाधारण व्यक्तिहरूलाई मानार्थ पुरस्कार प्रदान गर्न खडा भएका छौं।

मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले सोमनाथ घिमीरेको नेतृत्वमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाले बिषेश गरी कोरोना कहरका बेला, तपाईंको नि:स्वार्थ समर्पण र प्रेरणाको कारण, धेरै क्षेत्रहरूको र समुदायहरुको समर्थनमा, मानवीय पुरस्कार ग्लोबलको व्यवस्थापनले तपाईंलाई तपाईंको उपलब्धिहरूको लागि तपाईलई “मानवीय पुरस्कार ग्लोबल” बाट सम्मानित प्रदान गर्न पाउँदा हामीलाई गर्व लागेको छ। तपाईले समाजमा खेल्नु भएको मानवीय कार्यको उच्च प्रशंसनीय छ र निरन्तरताको पनि कामना छ, भन्नु भयो। हाम्रो यस अनुरोधलाई विचार गर्दै स्वीकार गरिदिनु भएकोमा हामी आभारी छौ र तपाईलाई घानामा स्वागत र सम्मान गर्न पाउॅंदा निकै हर्षित भएका छौं। मानवीय पुरस्कार ग्लोबल-घानाले प्रतेक वर्ष विश्व भरि बाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरुलाई छनौट गरेर यो पुरस्कार दिईन्छ। यस बर्ष, २०२३ मा विश्वभरि बाट ४८ जनाले मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेको थियो।

 

अक्रा, घानामा संचारकर्मीहरु सॅंग कुराकानी गर्दै सोमनाथ घिमीरेले विश्वव्यापी मानवीय पुरस्कार समारोहमा सामेल हुन पाउॅंदा गौरव लागेको र मेरो जीवनकालको उपलब्धि, "रूपान्तरण नेतृत्व पुरस्कार" प्राप्त गर्दै गर्दा यो पुरस्कारले अब नेपाल, अमेरिका र अफ्रिकी राष्ट्रहरु बिच पुलको निर्माण हुनेछ र यी देशहरु बिच शान्ति, समृद्धि र प्रगतिको पुल निर्माण गर्नलाई एउटा बाटो खुलेको छ भन्नु भयो र वॅंहाले अब छिट्टै घाना, नाईजेरिया, सेनेगल, बेनिन, टोगो, कोर्टे ड्वायर र बुर्किना फासोमा गिरीजा प्रसाद कोईराला फाउण्डेशन स्थापना के कसरी गर्ने भन्ने बारे ति देशका सम्मानित व्यक्तीहरु सॅंग बिषेश छलफल भएको बारे जानकारी गराउॅंनु भयो। गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई महामहिम महेर खीर - घानाका लागि लेबनानका राजदूतले “रूपान्तरण नेतृत्व पुरस्कार”ले सम्मान गर्नु भएको थियो भने अध्यक्ष घिमीरे २०२३को यो सम्मान पाउने एक मात्र नेपाली अमेरिकन हुन र स्मरण रहोस सोमनाथ घिमीरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सल्लाहकार हुन। अन्त्यमा मानवीय पुरस्कार ग्लोबलकी आयोजक विसडम डोर्डोले अध्यक्ष घिमीरेले समाजमा नेतृत्व गर्दै रूपान्तरण ल्याउॅंन सफल भएको र तपाईले गरेका कार्यहरुको विभिन्न अफ्रिकन मिडिया, पत्र पत्रिका र सामाजिक सञ्जालहरु मार्फत हामी प्रकाशन गर्नेछौं र तपाईको संस्था सॅंग साझेदारी गर्न हामी तत्पर छौं भन्नु भयो। 

 

MNA- Mini Nepal In America TV, New York

Mini Nepal In America-अमेरिकामा सानो नेपाल 

MNATV New YORK 



 

न्युयोर्क, अक्टुबर १७
 
हिन्दु नेपालीहरुको महान् पर्व बड़ा दशै /नवरात्र प्रारम्भ !
 
हिन्दु नेपालीहरुको महान् पर्व बड़ा दशै /नवरात्र आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि बड़ा दशै पहिलो दिन घटस्थापना गरि बडा दसैँ सुरु भएको मानिन्छ । नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरि नेपाली परंपरा अनुसार अक्टुबर २४, मंगलबारका दिन बिजय दसमीको टिका लगाईन्छ। कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा साइतमा बिजयl दसमीको टिका लगाईनु उत्तम साइत उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
 
बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।
 
बडा दसैँ आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैँको पहिलो दिन घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना जौ (यव ) रोपण गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक जौ रोपिन् कार्यलाई जमरा राख्ने पनि भनिन्छ । जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई जमरा चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।
 
विजयादशमीको नवरात्रभर दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।
 
दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा बिशेष पूजा, आजा, नौ दिन नौ दुर्गाको पूजा र आराधना गर्ने गरिन्छ । यो आराधनाले वर्षभर गलत प्रवृत्तिविरुद्ध लड्ने शक्ति प्राप्त हुने विश्वास गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ ।
 
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ ।
 
दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । वडादसैँको सातौँ दिन धार्मिक विधि अनुसार फूलपाती भित्र्याइन्छ । आगामी कात्तिक ४ गते बिहान ९ बजेर ३५ मिनेटमा फुलपातीको साइत रहेको समितिले जनाएको छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिको पाठ पनि गर्ने गरिन्छ । यस अवसरमा नेपालमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
त्यसै गरी अमेरिकामा पनि घरघरमा जमरा राखी एक अर्कामा शुभकामना साट्दै मन्दिर तथा देबालयमा धुम धाम पूर्वक दुर्गा पुजा गर्दै बिजया दसमिको दिन आफ्नो परिबार इस्ट्मित्रहरु सङ्ह टिका जमरा लागाउदै कोजाग्रत पुर्णिमाको दिन जुवा तास खेल्दै रमाइलो गर्दै बडा दसै सम्पन्न गरिन्छ !
 

MNA- Mini Nepal In America TV, New York

Mini Nepal In America-अमेरिकामा सानो नेपाल 

MNATV New YORK 


न्युयोर्क, १४  आस्विन ।

तामाङ समाज अमेरिकाको तेश्रो अधिवेशन सम्पन्न।

 

यही सेप्टेम्वर ३०, २०२३ का दिन सम्पन्न तामाङ समाज अमेरिकाको ऐतिहासिक तेश्रो अधिवेशन न्यूयोर्कको क्विन्स स्थित ओदान रेष्टुरेन्टको ब्यान्क्विट हलमा सम्पन्न भएको छ। समाजका अध्यक्ष विनिता तामाङको अध्यक्षता र समाजका संरक्षक एवं न्यूयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाइजरी बोर्डका अध्यक्ष लुईसाङ वाईवाको प्रमुख अतिथिमा तेश्रो अधिवेशन सम्पन्न भएको हो। प्रमुख अतिथि लुईसाङ वाईवाले पानसमा दिप प्रज्वलन गरेर तेश्रो अधिवेशनको उद्घाटन गरिएको थियो। तामाङ समाज अमेरिकाको सल्लाहकारहरु अक्कल तामाङ, सृजना स्याङतान, बौद्ध लामागुरु अक्कल तामाङ र गैर-आवासीय नेपाली संघ अमेरिका न्यूयोर्क शाखाका सचिव राजु तामाङले कार्यक्रमको सफलताकोलागि शुभकामना व्यक्त गरेका थिए। तामाङ समाज अमेरिकाका वरिष्ठ उपाध्यक्ष सन्त बहादुर तामाङले कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए भने महासचिव बुद्धिमान घिसिङले कार्यक्रम संचालन गरेका थिए।

प्रमुख निर्वाचन आयुक्त अक्कल तामाङ र निर्वाचन आयुक्त सिर्जना स्याङदानले निर्वाचन सम्पन्न गरेका थिए। बन्दसत्रले महासचिवको सांगठनिक प्रतिवेदन, अध्यक्षको समसामयिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन सर्वसहमत अनुमोदन गरेको थियो।

तामाङ समाज अमेरिकाको तेश्रो अधिवेशनबाट निर्विरोध रुपमा सन्त बहादुर तामाङको अध्यक्षतामा तपशिल अनुसारको नयाँ कार्य समिति गठन भएको छ।

 

MNA- Mini Nepal In America TV, New York

Mini Nepal In America-अमेरिकामा सानो नेपाल


न्युयोर्क सेप्टेम्बर २०

 

न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराउने कार्यक्रम सम्पन्न I

 

नेपालको सम्बिधान दिवस तथा रास्ट्रीय दिवसको उपलक्ष्यमा आज सेप्टेम्बर २० मा न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराउने कार्यक्रम सम्पन्न भ्एको छ l

कार्यक्रमको आयोजना माइनोरिटी इम्प्लोइमेन्टको श्याम कार्कीको अध्यक्षतामा युबा निर्देशक श्रेया तुलाधर लगाएत अमेरिकि-नेपाली सरकारकl प्रतीनिधिहरु न्युयोर्क सिटीका मेयर एरिक आडम्स, कार्यवाहक नेपाली महावाणिज्यदूत बिष्णुप्रसाद गौतम, न्यूयोर्क राज्यको डेपुटी कमिसनर दिलिप चौहान, नेपाली समुदायकl छेमाङ लामाको समेत प्रयासमा भ्एको हो l

कार्यक्रममा अमेरिकि-नेपाली समुदायको अगुवाहरु , न्यूयोर्क एसेम्बली सदस्य जेनिफर राज कुमार , न्यूयोर्क राज्य एसेम्बली सदस्य स्टिभन रागा, न्यूयोर्क सहर काउन्सिल सदस्य जुली वन, एटोर्नी खगेन्द्र जि सि , नेपाली संचारकर्मी लगlयत तथा अन्य जन प्रतीनिधीहरुको उपस्थीति रहेको थियो l

कार्यक्रममा सम्पुर्ण नेपाली अमेरिकि समुदायकl ब्यक्तीहरु आ-आफ्नो रास्टृयता झलकिने पोशाक लगाएर बाजा गाजा तथा नाच गान सहित उपस्थीति भइ रमाइलो गर्दै नेपाल र अमेरिकि झन्डा फहर्याए पस्चात कार्यक्रम सम्पन्न गरिएको थियो l

 

MNA- Mini Nepal In America TV, New York

Mini Nepal In America-अमेरिकामा सानो नेपाल Mnatv NY

MNATV New YORK .




न्युयोर्क, आस्विन

 

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८० कार्यक्रम न्युयोर्कमा भव्य रुपमा सम्पन्न |

 

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज २०८० को उपलक्ष्यमा गैरआवसीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद् अमेरिका न्युयोर्क च्याप्टरको मुल आयोजक , प्रबासी नेपाली एकता मन्च , त्रीबेणी इन्टर्टेन्मेन्ट , रिज वुड नेपाली सोसाईटी , जर्सी सिटी तीज कार्यक्रम लगाएत थुप्रै अन्य नेपाली संघसंस्था हरुको आयोजनामा न्युयोर्क/जर्सीसिटी मा आयोजित तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको

 

गैरआवसीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद् अमेरिका न्युयोर्क च्याप्टरको मुल आयोजक लगाएत थुप्रै अन्य संस्थाहरुको आयोजनामा सत्यनारायण मन्दिरको सभाहलमा आयोजित उक्त कार्यक्रममा New York State Assembly women Jennifer Raj Kumar को बिशेष आथित्यमा सम्पन्न भयको थियो भने उक्त उक्त कार्यक्रमको अध्यक्षता महा बाणिज्यदुत बिष्णु प्रसाद गौतम बाट गरिएको थियो l कार्यक्रममा जि पि कोइरलl फोउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेको बिशेश उपस्थिती रहनुको साथ साथै गैरआवसीय नेपालीसंघ राष्ट्रिय समन्वय परिषद् अमेरिका न्युयोर्क च्याप्टरको अध्यक्ष हेमन्त मल्ल , युयोर्क मेयर अफिसकि प्रतीनिधि पेट्रेसिआ रघुनन्दन्, मिस इमिग्रेट्न्स अफ बाङ्गलदेश्-षेख सादिन एफ्रीन इरा लगाएत बिभिन्न संघसंस्थाका प्रतीनिधीहरुको उपस्थिती रहेको थियो l

 

प्रबासी मन्चबाट आयोजित उक्त कार्यक्रमको अध्यक्षता  गैरआवसीय नेपालीसंघ अमेरिका सुर्य लम्सालबाट गरिएको थियो भने कार्यक्रममा प्रबासी नेपाली एकता मन्चको अध्यक्ष सोमेन्द्र रन्जित तथा अन्य पदाधिकारीहरु तथा अन्य संघ संस्थाको प्रती निधीहरुको तर्फ बाट छोटो मन्तब्य ब्यक्त गरीएको थियो l त्यसैगरी कार्यक्रमकोसन्चालन समापन देबकी पन्तबाट सम्पन्न गरिएको थियो l

उक्त सबै कार्यक्रममा बिभिन्न सङ संस्थाहरुका प्रतीनिधीहरुको उपस्थिती रहनुको साथ साथै न्युयोर्क तथा न्युयोर्क आसपासमा रहेका नेपाली महिला दिदी बहिनीहरुको बाक्लो उपसथिती रहेको थियो l कार्यक्रममा महिला दिदी बहिनीहरुले धुमधाम पूर्वक नाचगान गरी दर खादै कार्यक्रम सम्पन्न गरिएको थियो l

 

नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधामसँग तीज मनाउने गर्दछन l हिन्दु धर्मालम्बीहरूले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परागत रूपमा चल्दै आएका छन् हरितालिका तीज पनि शिवपुराणको हिमालयपुत्री अविवाहित पार्वतीको शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रतआराधना प्रसङ्गसँग जोडिन्छ त्यसै गरी विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रतआराधना गर्छन्

 

त्यसै गरी तिजको विवाह गरी पतिका घर गएका छोरीचेलीलाई माइत ल्याएर तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खुवाएर नाच गान गरी रमाइलो गर्ने चलन तीजको दिनमा महिलाहरूले जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले पानीसम्म नपिई निराहार निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने परिवारमा सुखसमृद्धि छाउने जनविश्वास यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिवमन्दिर अथवा ठूलो चौरमा भेला भएर राता लुगा गहनामा सजिएर दिनभरि नाचगान गर्छन् हुन्छन् साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गरी तिज सम्पन्न गरिन्छ

 

मिनी नेपाल इन अमेरिका टि भी,  न्युयोर्क |

 


Sept. 10, 2023

अमेरिकाको आकाशमा नेपालको झन्डा फहराइदै |

 

नेपालको Constitution and National day को उपलक्ष्यमा यहि आउॅंदो सेप्टेम्बर २० मा न्युयोर्क सिटीका मेयर एरिक आडम्सले नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराउने कार्यक्रम आयोजना गरिने भएको छ l उक्त कार्यक्रमको जानकारी आज सेप्टेम्बर १० आइतबार बेलुका ६ बजे मुस्ताङ थकाली किचन ज्याक्सनहाइटमा एक प्रेसमिट कार्यक्रमको आयोजना गरी जानकारी गराइएको हो l

कार्यक्रममा नेपाली संचारकर्मी तथा समुदायको अगुवाहरुहरुको उपस्थीतिका रहेको थियो भने कार्यक्रमको आयोजना श्याम कार्कीको अध्यक्षतामा सम्पन्न भ्एको थियो l

कार्यक्रममा सम्पुर्ण नेपाली समुदाएलाई आ-आफ्नो रास्टृयता झलकिने पोशाक लगाएर बाजा गाजा र झाकी सहित उपस्थीति हुन समेत अपिल गरिएको छ भने कार्यक्रम बिहान ठीक नै बजे शुरु हुने कुरा पनि उक्त कार्यक्रममा जानकारी गराइयो l 

MNA- Mini Nepal In America TV, New York

Mini Nepal In America-अमेरिकामा सानो नेपाल Mnatv NY

MNATV New YORK .



नेजाद्वारा बराल दम्पतीलाई शुभेच्छा एवम् सम्मान
टेक्सास, अमेरिका ।


यही सेप्टेम्बर १०, २०२३ का दिन टेक्सासको डालसमा नेजाले एक कार्यक्रमको आयोजना गरी अमेरिकाको बसाइलाई छोट्ट्याएर नेपाल फर्कन लाग्नुभएका पत्रकारिता क्षेत्र तथा नेजाका अग्रज एवम् सम्मानित व्यक्तित्व तारा बराल र बिटु केसीलाई शुभेच्छा एवम् सम्मान गरेको छ । गोरखापत्र दैनिकमा प्रधान सम्पादक र नेपाल टेलिभिजनमा अध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्व एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का मानार्थ सदस्य अनि हिमालय खबर अनलाइनका सल्लाहकार सम्पादक तारा बराल र नेपाल अमेरिका पत्रकार संघ (नेजा) का पूर्वकोषाध्यक्ष एवम् प्रवासमा रहेर पनि नेपाली साहित्यको क्षेत्रमा सक्रिय व्यक्तित्व बिटु केसी लामो समयको अमेरिका बसाइलाई छोट्ट्याउँदै पुनः नेपाल फर्कन लाग्नुभएको हो ।
कार्यक्रममा बोल्दै नेजाका मानार्थ सदस्य बरालले अमेरिका बसाइका क्रममा आफूले सिकेका ज्ञान, सीप र अनुभवलाई नेपालमा उपयोग गर्ने बताउनुभयो । नेजाको स्थापनादेखि नै आफू संलग्न भएको बताउँदै बरालले नेजा आफ्नै संस्था भएको बताउनुभयो । उहाँले नेजाको भूमिका अमेरिकामा रहेको नेपाली समुदायको लागि महत्त्वपूर्ण भएको बताउँदै आफ्नो तर्फबाट सदैव साथ रहने बताउनुभयो । यसैगरी, नेजाका पूर्वकोषाध्यक्ष केसीले आफू जहाँ रहे पनि नेजा आफ्नै संस्था रहेको बताउनुभयो । बराल दम्पती सन् २००४ देखि अमेरिकाको टेक्सास राज्यको ह्युस्टन सहरमा बसोबास गर्दै आउनुभएको छ ।
यसैगरी, नेजाका अध्यक्ष सुरज भण्डारीले नेजाका मानार्थ सदस्य बराल र पूर्वकोषाध्यक्ष केसीले नेजाको विकास र विस्तारमा पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा नेपालमा बसे पनि नेजाप्रतिको सहयोगमा कुनै कमी नहुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । यसैगरी, नेजाले पत्रकारिता क्षेत्रका अग्रज एवं नेजाका मानार्थ सदस्यको रुपमा तारा बराललाई सम्मान-पत्र प्रदान गरेको थियो भने पूर्वकोषाध्यक्ष बिटु केसीलाई मायाको चिनो प्रदान गरेको थियो ।
कार्यक्रममा पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्व एवं नेजाका मानार्थ सदस्य योगेश उपाध्याय, नेजाका निवर्तमान अध्यक्ष विकासराज न्यौपाने, नेजाका सल्लाहकार सञ्जय घिमिरेले बराल दम्पतीलाई शुभकामना एवं शुभेच्छा प्रकट गर्नुभएको थियो ।
यस्तै, कार्यक्रममा नेजाका उपाध्यक्ष सुजन पण्डितले बराल दम्पतीका बारेमा प्रकाश पार्नुभएको थियो । यसैगरी, नेजाका महासचिव बाबुराम दाहालले कार्यक्रम सञ्चालन गर्दै नेजाका अभिभावक बराल दम्पतीको नेपालको बसाइलाई सुखदको कामना गर्दै विश्वको विकसित देशको सिस्टम र यहाँ बस्दा आफूले आर्जन गर्नुभएको ज्ञान, सीप, अनुभवलाई आफ्नो जन्मभूमि नेपाल फर्किएर त्यहाँको विकास र समृद्धिका लागि भरपुर उपयोग गर्नुहुनेमा नेजा र आफू विश्वस्त रहेको बताउनुभयो । यसैगरी, कार्यक्रममा नेजाका मध्यक्षेत्रीय संयोजक शंकर थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा नेजाका पूर्वक्षेत्रीय संयोजक एवं रिपोर्टर्स क्लब अमेरिकाका अध्यक्ष किसन रेग्मी, पूर्वकार्यसमिति सदस्य लेखनाथ गौतम, नेजाका सदस्य एवं पत्रकारहरू विनय देवकोटा, हरि सुवेदी, तारा रावल, बिमल (पूर्णचन्द्र) बराल, मालिका केसरी (प्रकाश श्रेष्ठ), नेजाका सदस्य एवं एनआरएनए अमेरिकाका युवा संयोजक तेज (बिनोद) पौडेल, शिव शर्मालगायतको उपस्थिति रहेको थियो ।